Home ताजा समाचार लुक्लामा विमान दुर्घटना: तीन जनाकाे मृत्यु

लुक्लामा विमान दुर्घटना: तीन जनाकाे मृत्यु

69
0
SHARE

लुक्ला, १ वैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटनामा मृत्यू हुनेको संख्या तीन पुगेको छ । दुर्घटनास्थलबाट प्रहरी इन्स्पेक्टर प्रदीप सुवेदीले जनाए अनुसार विमानका को–पाइलट सुजित ढुंगाना र विमानस्थलमा ड्यूटीमा रहेका पर्यटक प्रहरी, प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

ड्युटीमै रहेका अर्का प्रहरी रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।

श्रेष्ठसँगै सिम्रिक एयरको हेलिकप्टरमा काठमाडौं ल्याइएका विमान पाइलट रविनाथ रोकाया र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङको उपचार भइरहेको छ । गुरुङलाई मनाङ एयरकै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

LEAVE A REPLY