Home मुख्य समाचार आगामी बजेटमा वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

आगामी बजेटमा वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

65
0
SHARE
file

काठमाडौं– सरकारले आगामी बजेटमा वृद्धभत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका हुन् ।

आइतबार ज्येष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् । नयाँ वर्षको उपलक्षमा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानअन्तर्गत खोलौं बैंक खाता अभियान सुरु गरेको छ ।

२०५१ सालमा तत्कालीन एमाले सरकारले वृद्ध भत्ता वितरण सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसपछिपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको दाबी गरे ।

कसैले भोकै र नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य विमा कार्ड वितरण गरे। कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका थिए।

LEAVE A REPLY