Home मुख्य समाचार यौन व्यवसायमा संलग्न भएको आरोपमा केन्यामा १२ नेपाली महिला पक्राउ

यौन व्यवसायमा संलग्न भएको आरोपमा केन्यामा १२ नेपाली महिला पक्राउ

243
0
SHARE

काठमाडौं, १ वैशाख । वैदेशिक रोजगारीमा केन्या पुगेका १२ नेपाली महिला यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

केन्या प्रहरीको मानव तस्करी नियन्त्रण गर्ने अभियानअन्तर्गत शनिबार १२ नेपाली पक्राउ परेका हुन् । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यु रंगिला बारमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यौन व्यवसायलाई लक्षित गरी हुने मानव तस्करी रोक्न यो अभियान चलाइएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै केन्याका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले अन्तर्राष्ट्रिय यौन व्यवसाय तथा तस्करीको सिन्डिकेट तोड्ने लक्षित गरी अप्रेसन चलाएको छ।

LEAVE A REPLY