Home ताजा समाचार आज कामदा एकादशीव्रत(वैष्णव) महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ वैशाख ३ गते

आज कामदा एकादशीव्रत(वैष्णव) महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ वैशाख ३ गते

88
0
SHARE

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ३ गते मंगलबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र शुक्ल पक्षको द्वादशी तिथि विहानका राति ११।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र राति १२।१ बजेसम्म रहनेछ । आज वृद्धि योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ५।४१ मा छ भने सूर्यास्त बेलुका ६।२८ बजे हुनेछ ।
चन्द्रमा आज सिंह राशिमा छन् । आज वैष्णवका निम्ति कामदा एकादशीव्रत परेको छ । चैत्र शुक्ल एकादशीलाई कामदा भनिन्छ । एकादशीको व्रत धारण गर्नाले समस्त मनोकामना पूर्ण हुने फल बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY