Home ताजा समाचार नबोलाएको ठाँउमा किन जानु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

नबोलाएको ठाँउमा किन जानु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन

217
0
SHARE

अनाहूतः प्रविशति अपृष्टो बहु भाषते ।
अविश्वस्ते विश्वसिति मूढचेता नराधमः ।।–नीति श्लोक

नबोलाएको ठाँउमा जानु, बढी बोल्नु, विश्वास गर्न अयोग्य व्यत्तिको कुरामा विश्वास गर्नु असल व्यक्तिका गुण होइनन् ।

असल व्यक्तिका निम्ति केही विशेष कुरा निर्देश गरिएको छ । नबोलाएका ठाँउमा जाने व्यक्तिलाई मूर्खको संज्ञा दिइएको छ । त्यसैले निम्ता नगरेको ठाँउमा जनुहुँदैन भनिएको हो । यसैगरी आपत विपद्का वेला भने निम्ता कुरिरहँनु पर्दैन । कर्तव्य संझेर जानु पर्दछ । यसैगरी प्रसङ्गग र सन्दर्भहीन भएर बढी बोल्नु उचित हुँदैन । जस्तोसुकै व्यक्तिका कुरामा विश्वास गर्नु पनि असल व्यक्तिको लक्षण होइन भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

LEAVE A REPLY