Home मुख्य समाचार कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए : कांग्रेस

कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए : कांग्रेस

63
0
SHARE

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र यसका नेतृत्वकर्ता प्रधानमन्त्रीलाई जिम्मेवार हुन सुझाब दिएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन कांग्रेसले यस्तो सुझाब दिएको हो ।

पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति आपत्तिजनक रहेको बताए । प्रधानमन्त्रीले कांग्रेसलगायत विपक्षी दलहरूलाई नन्दीभृंगीको संज्ञा दिएको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको हो ।

२०७५ सालमा जनताले सरकारबाट चेतावनी र धम्की उपहार पाएको बताए। सरकाले एक वर्षमा वुद्धिजीवी, पत्रकार र विपक्षीलाई धम्की दिएके आरोप लगाउँदै निधिले प्रधानमन्त्रीले केटाकेटीलाई उक्साएको आरोप लगाए ।

‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला लखेट्छन् भन्नुभयो,’ उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्तिे आपत्तिजनक छ, हामी यसको घोर भत्सना गर्दछौँ ।’ आफ्ना कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनेको भनाइ थियो ।

त्यसैगरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । उनले भने, ‘अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न प्रधानमन्त्रीलाई हाम्रो आग्रह छ ।’

सरकारले शान्ति सुरक्षा, सुशासनमा शून्य सहनशीलताको साटो शून्य संवेदनशीला देखाएको आरोप लगाउँदै प्रवक्ता शर्माले बालुवाटारको जग्गा काण्डमा मुछिएका सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रधानमन्त्रीको कदम हेर्न बाँकी रहेको बताए ।

LEAVE A REPLY