Home देश नेपाललाई विद्वानको देश बनाउनुपर्छ : प्रम ओली

नेपाललाई विद्वानको देश बनाउनुपर्छ : प्रम ओली

176
0
SHARE

वैशाख ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानको देश बनाउनुपर्ने बताएका छन् । विद्यालय भर्ना अभियानको एक कार्यक्रममा ओलीले उक्त धारणा राखेका हुन् ।

यसैगरी नेपालीहरु विद्वानका सन्तान भएकाले निरक्षर हुन नसक्ने समेत उनलो बताएका छन् । ‘नेपाललाई निरक्षरको होइन, विद्वानको देशको रुपमा पहिचान बनाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने समेत प्रम ओलीले बताएका छन् । यसैगरी शिक्षाको महत्त्व अभिभावकलाई बुझाउनुपर्छ भन्दै युवाहरु समाज सुधारमा लाग्नुपर्ने समेत बताए ।

विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY