Home मुख्य समाचार श्रीलंकामा शृंखलाबद्ध आत्मघाती आक्रमण : २०७ जनाको मृत्यु, ५०० भन्दा बढी घाइते

श्रीलंकामा शृंखलाबद्ध आत्मघाती आक्रमण : २०७ जनाको मृत्यु, ५०० भन्दा बढी घाइते

277
0
SHARE

काठमाडौं, ८ वैशाख । श्रीलंकामा भएको शृंखलाबद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले इसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट गराउँदा ठूलो संख्यामा जनधनको क्षति भएको छ ।

श्रीलंकाको कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको अधिकारीले बताएका छन् । त्यसैगरी राजधानी कोलम्बोका साङ्ग्री–ला स्टार, किङ्गबरी र सिनेमन ग्राण्ड होटलमा बिस्फोट भएको छ । सातौँ विस्फोट चिडिया घरनजिकैको होटलमा भएको थियो ।

बम विस्फोटपछि त्यहाँको सरकारले कर्फ्यु लगाएको छ । कफ्र्युपछि भएको आठौँ बिस्फोटमा तीन प्रहरी अधिकारी मारिएका छन् । प्रहरीले कोलम्बोस्थित एक घरमा खानतलासी लिइरहेका बेला विस्फोट भएको हो । प्रहरीले दुई संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ भने सरकारले तत्कालका लागि मुख्य सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि श्रीलंका सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गरेका छन् । उनले घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

LEAVE A REPLY