Home ताजा समाचार आज पञ्चमी तिथि, लोकतन्त्र दिवस हेर्नुहोस् आजको दिन २०७६ वैशाख ११ गते

आज पञ्चमी तिथि, लोकतन्त्र दिवस हेर्नुहोस् आजको दिन २०७६ वैशाख ११ गते

268
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ११ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत वैशाख कृष्णपक्षको पञ्चमी तिथि दिवा २।२ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । मूल नक्षत्र राति ९।१ बजेसम्म रहनेछ । आज शिव योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३३ मा छ भने सूर्यास्त बेलुका ६।३३ बजे हुनेछ ।
चन्द्रमा आज धनु राशिमा छन् । आज पञ्चमी तिथि नाग देवताको उपासना शुभ रहनेछ ।  यसैगरी आज लोकतन्त्र दिवस पनि हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY