Home ताजा समाचार कांग्रेसको देशव्यापी जागरण अभियान १३ दिनका लागि स्थगित

कांग्रेसको देशव्यापी जागरण अभियान १३ दिनका लागि स्थगित

154
0
SHARE

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसले भोलिदेखि शुरु गर्ने भनिएको देशव्यापी जागरण अभियान स्थगित भएको छ ।

पूर्व मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनमा कांग्रेसले १३ दिन शोक मनाउने जनाउँदै कार्यक्रमलाई स्थगित गरेकाे छ । २०४८ र ०५६ मा रुपन्देही २ बाट सांसदमा निर्वाचित भएका ताम्राकारको निधनभएपछि कांग्रेसले १३ दिन सम्मका लागि राजनीतिक कार्यक्रम स्थगित समेत गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले नेता ताम्राकारको निधनले पार्टी सोकमा भएकाले १३ दिन सरेको बताए। कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय जागरण अभियान थाल्ने घोषणा गरेको थियो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको असामयिक र दुःखद निधन भएकोप्रति गहिरो शोक प्रकट गर्दै वैशाख ११ गते देशभर एक साथ प्रारम्भ गर्ने भनिएको “हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण अन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । कांग्रेसले उक्त कार्यक्रम वैशाख २५ गतेदेखि प्रारम्भ भई ज्येष्ठ २५ गतेसम्म देशभरका सबै  जिल्लाहरूमा पूर्ववत रुपमा संचालन हुने बताइएको छ

आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा जानकारी दने भन्दै कांग्रेसले जागरण अभियान कार्यक्रम गर्न लागेको हो ।

LEAVE A REPLY