Home अर्थवाणिज्य रसुवागढी र सान्जेनको शेयर भर्ने अवधि थपिने

रसुवागढी र सान्जेनको शेयर भर्ने अवधि थपिने

154
0
SHARE

वैशाख १०,काठमाडौँ ।
रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समय थप हुने भएको छ । धितोपत्र बोर्डले आवेदन गर्ने समय दुइदिन थप गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकहकरुलाई निर्देशन दिएको छ ।

लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकेको भनी गरेको गुनासोका आधारमा धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो ।

उक्त निष्काशनमा सर्वसाधारणले आवेदन दिन सक्ने गरी २ दिन अर्थात २०७६ बैशाख १२ गतेसम्म समयावधि थप गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । अब वैशाख १२ गतेसम्म दुई कम्पनीको शेयरमा आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY