Home मुख्य समाचार सर्वोच्चले कानुनविपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण माग गर्यो

सर्वोच्चले कानुनविपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण माग गर्यो

86
0
SHARE

१० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ०५४ सालमा कानुनविपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतले यसअघि त्यस्ता नागरिकता खारेज गर्न आदेश दिएको थियो । ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएका नागरिकता खारेज नगर्नुको कारण १५ दिनभित्र पेस गर्न सर्वोच्चले आदेश दिएको हो ।

जितेन्द्रनारायण देव संयोजकत्वको टोलीले वितरण गरेको नागरिकतालाई ०५४ सालमा सर्वोच्च अदालतले बदर घोषित गरेको थियो । ती नागरिकता खारेज नगरी तिनै नागरिकताको आधारमा उनीहरुका सन्तानलाई समेत नागरिकता वितरण गरिएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्चले यस विषयमा छलफलका लागि रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई वैशाख १३ गते बोलाएको छ ।

LEAVE A REPLY