Home देश डडेल्धुरामा बस दुर्घटना हुँदा ७ को मृत्यु

डडेल्धुरामा बस दुर्घटना हुँदा ७ को मृत्यु

89
0
SHARE

डडेल्धुरा, ११ वैशाख । डडेल्धुराको साउखर्कमा आज यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार कैलालीको धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभरको ना.४ख १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बुधबार बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीया कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट–४ का २२ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहम्मद नासिर रहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

LEAVE A REPLY