Home मुख्य समाचार भ्रामक समाचार फैलाएर बालबालिकामाथि यातना दिइयो : प्याब्सन

भ्रामक समाचार फैलाएर बालबालिकामाथि यातना दिइयो : प्याब्सन

207
0
SHARE

काठमाडौं, १७ वैशाख । भ्रामक समाचार फैलाएर बालबालिकामाथि यातना दिइएको भन्दै प्याब्सनले आपत्ति जनाएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्ततिले निजी विद्यालयमा पढे सरकारी सेवा सुविधा नपाउने भन्दै अतिरञ्जित समाचार फैलाइएकोप्रति प्याब्सनले आपत्ति जनाएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन)ले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

सार्वजनिक लाभको पद धारण गरेका व्यक्तिका सन्ततिहरुले अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा अध्ययन गर्नुपर्ने बाध्यात्मक निर्देशनसहित निजी विद्यालयमा अध्ययन सकेका विद्यार्थीहरुको शैक्षिक प्रमाण–पत्र सार्वजनिक विद्यालयसरह मान्यता नहुने, उनीहरु सरकारी सेवा सुविधाबाट वञ्चित हुनेजस्ता समाचार फैलाई कलिला बालमस्तिष्कमा पुर्याइएको मानसिक यातना र आमअभिभावकमा निराशा उत्पन्न गराइएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

त्यस किसिमका निर्देशनहरुले स्तरीय शिक्षाका लागि विदेशिने प्रवृत्तिलाई थप मलजल गरेको विज्ञप्तिमा निजी विद्यालयहरुले खेलेको भूमिका, पुर्याएको योगदानलाई नजरअन्दाज गर्दै अनावश्यक र अतिशयोक्तिपूर्ण प्रलोभनसहित निर्देशन जारी गरेको भन्दै आपत्ति जनाइएको छ ।

LEAVE A REPLY