Home खेल सोतोकान टोली आज भारत प्रस्थान

सोतोकान टोली आज भारत प्रस्थान

216
0
SHARE

काठमाडौँ, २० वैशाख । द वल्र्ड सोतोकान कराँते डो महासङ्घ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज भारतको चेन्नइ प्रस्थान गर्दैछ ।

यही वैशाख २१ र २२ गते हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदीप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जङ्गमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल सोतोकान कराँते सङ्घका अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकका रुपमा मधु पौडेल पनि टोलीसँगै चेन्नइ जाँदैछन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।

रासस

LEAVE A REPLY