Home कला/साहित्य कृति विमर्श र आमा कविता वाचन

कृति विमर्श र आमा कविता वाचन

236
0
SHARE

कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानद्वारा हिजोआविराटनगरमा मातातीर्थ औसीलाई विशेष स्मरण गर्दै कृति विमर्श एबम आमा कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथी सहित्यिक पत्रकार रोचक घिमिरेले जगन्नाथ गुरागाईले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उनको नाममा प्रतिष्ठान गठन गरेर विराटनगरका स्रस्टाहरुले स्तुत्य काम गरेको बताउनुभयो । नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीले जगन्नाथ प्रतिष्ठानले सानू घिमिरे जस्ता उदयमान स्रस्टाहरुलाई प्रकाशमा ल्याउने काम आरम्भ गर्नु प्रशंशनीय काम भएको बताउनुभयो ।


जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईको सभापतित्वमा सम्पन्न उक्त सभामासानू घिमिरेको उपन्यास सिडनी सपना माथी समीक्षक दधिराज सुवेदी र कवि कुन्ता सर्माले विशेष टिप्पणी प्रस्तुत गर्नुभएको थियो । डा. गोपाल भन्डारी, कविराज न्यौपाने मीनकुमार नबोदित तथा गङ्गा सुवेदी लगायतका साहित्यकारहरुले मन्तब्य ब्यक्त गर्नुभयो ।
कवि टीका आत्रेय लगायतका स्रस्टाले आमा कविताको वाचन गर्नुभएको थियो ।

LEAVE A REPLY