Home अर्थवाणिज्य अख्तियारको फन्दामा लेखापाल :  चार पत्नीका पति कसरी बने ६ करोडपति ?

अख्तियारको फन्दामा लेखापाल :  चार पत्नीका पति कसरी बने ६ करोडपति ?

113
0
SHARE

काठमाडौं– यातायात व्यवस्था कार्यालय, इटहरीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । झन्डै ६ करोड (खर्च तथा लगानी) देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा हालेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दिएको जानकारीअनुसार जागिर अवधिमा उनको वैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र हुन्छ । तर, उनको परिवारले गरेको खर्च र लगानी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ देखिएको छ ।

यसबीचमा उनले ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अवैध आम्दानी गरेको अख्तियारको दाबी छ ।

अवैध आम्दानीबाट चार श्रीमती दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, सासु पुष्पकुमारी निरौला र मामा बलराम शर्माकोे नाममा घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद र बैंकमा रकम राखेको पाइएको छ ।

२०५९ असोज १६ गते रोल्पाको तेवाङ गाविसको सचिवबाट सरकारी सेवा सुरु गरेका उनले २०६० जेठ २६ देखि २०६५ चैतसम्म नेपाल टेलिकमको चौथो तहको सहायक स्तरको पदमा काम गरे ।

२०६५ चैतमा लोक सेवा आयोगको परीक्षा उतीर्ण गरेका उनी कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैत २० देखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीको लेखापाल थिए ।

अख्तियारले अधिकारीसँगै ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

LEAVE A REPLY