Home मनोरन्जन ‘डाली चरी…’ गीतको भिडियो बजारमा

‘डाली चरी…’ गीतको भिडियो बजारमा

118
0
SHARE

काठमाडौं– चलचित्र अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ आएका छन् । गायिका सोना अमात्यको नयाँ गीत ‘डाली चरी…’ को म्युजिक भिडियोमार्फत उनी दर्शकमाझ आएका हुन् ।

सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्यले आफ्नै शास्त्रीय संगीतका गुरु शशिविक्रम थापाका शब्द तथा संगीतमा उक्त गीत गाएकी हुन् ।

सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा गायिका अमात्य स्वयंले अभिनेता निरज बरालसंग अभिनय गरेकी छिन् ।

चलचित्र बिजुली मेसिन निर्देशन गरेर चर्चामा आएका निर्देशक नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

गायिका अमात्यले यसअघि पनि आधा दजृनभन्दा बढि गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

LEAVE A REPLY