Home मुख्य समाचार बजेटका प्राथमिकता सामाजिक सुरक्षा र उच्च आर्थिक वृद्धि : अर्थमन्त्री खतिवडा

बजेटका प्राथमिकता सामाजिक सुरक्षा र उच्च आर्थिक वृद्धि : अर्थमन्त्री खतिवडा

127
0
SHARE

काठमाडौ, २७ वैशाख– अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०७६र०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्व बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले सांसदहरूले दिने सुझावका आधारमा बजेट ल्याउने बताउनुभयो । मुलुकले अवलम्बन गरेको विकासको ढाँचा, संघीयता, मौलिक हकको कार्यान्वयन र साधनको उपलब्धताबीचको तालमेलको खाकाभित्र रहेर बजेट आउने उहाँले बताउनुभयो।

आगामी वर्षलाई युवा परिचालन वर्ष तथा अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रुपमा लिने मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षमा भूकम्पपछि भत्केका आवास निर्माण सम्पन्न गर्ने गरी बजेट आउने बताउनुभयो ।

‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बद्र्धन बजेटका सिद्धान्त हुने बताउनुभयो।

सभामुख कृष्णबहादुर महराले २९ र ३० गते पूर्ब बजेट छलफलका लागि समय तोक्नुभएको छ । पूर्व बजेट छलफल सकिएपछि सरकारले १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY