Home अर्थवाणिज्य एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

223
0
SHARE

काठमाडौं, २७ वैशाख । एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ परेकी छिन् । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले भारतीय महिला वन्दना सोनीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतीय नागरिक मतदाता परिचय पत्र नं. वाईबीबी २१२५०८६ बहक उनी नेपाल एयरलाइन्सको उडान नं आरए२०१ मार्फत भारतको मुम्बई जान लागेकी थिइन् ।

शंका लागेर प्रहरीले सोधपुछ गर्ने क्रममा उनको साथबाट अवैध डलर भेटिएको थियो । लगत्तै, बरामद डलसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

LEAVE A REPLY