Home मुख्य समाचार पाकिस्तानको बलुचिस्तान प्रान्तको पाँचतारे होटलमा आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको पाँचतारे होटलमा आक्रमण

220
0
SHARE

एजेन्सी, २८ वैशाख । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एक पाँचतारे होटलमा आक्रमण भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पर्ल कन्टिनेन्टल होटलमा तीन बन्दुकधारी छिरेर आक्रमण गरेका हुन् ।

अहिले होटललाई पाकिस्तानी अर्धसैनिक बल र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । आक्रमणमा भएको मानवीय क्षतिबारे केही बताइएको छैन ।

होटलले त्यहाँ विदेशी पर्यटक नभएको बताएको छ । साँझ साढे चार बजे होटलमा फायरिङ सुरु गरिएको बताइएको छ ।

LEAVE A REPLY