Home मुख्य समाचार कम्युनिस्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा : डा. शशांक

कम्युनिस्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा : डा. शशांक

76
0
SHARE

सिन्धुली, २८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

नेपाल मगर संघको ३ नम्बरस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै आफ्नो पार्टीमा पनि एकता चाहिएको बताए।

‘हाम्रो पार्टीमा कुनै तित्तता नभए पार्टीलाई कसैले हराउन सक्दैन,’ उनले भनपे, ‘पार्टीभित्रको तिक्तता हटाएर कार्यकर्ताको संरक्षण गर्न सके हामी सधैँ पहिलो पार्टी हुन्छौँ ।

‘पार्टीमा एकता हुनपर्यो, उनले भने, ‘गुट र उपगुटको कल्पनासमेत नगर्नुस् ।’ गुट र उपगुटको बढी चर्चाले पार्टीलाई धराशयी बनाएको उनको भनाइ छ ।

स्थानीय तहको टिकट स्थानीय तहले नै बाँड्न सक्ने अवस्था ल्याउनुपर्ने भन्दै उनले टिकट वितरणमा समेत केन्द्रको हस्तक्षेप भएकाले पार्टी हारेको भ बताए ।

‘म तीनपटक एकै क्षेत्रबाट जित्नुमा मगर र महिलाको ठूलो भूमिका छ,’ उनले भने, ‘म पार्टीको सभापति भएपछि महिलालाई ५० प्रतिशत आरक्षण दिन्छु ।’

LEAVE A REPLY