Home खेल सन्दीप लामिछाने स्वदेश फर्किए

सन्दीप लामिछाने स्वदेश फर्किए

223
0
SHARE

काठमाडौं, २९ वैशाख । १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइतबार साँझ स्वदेश फर्किएका छन् । आइपीएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट ६ खेल खेलेर ८ विकेट लिएका थिए ।

शुक्रबार चेन्नईसँग पराजित हुँदै दिल्ली आइपीएलको दोस्रो क्वालिफायरबाटै बाहिरिएपछि सन्दीप स्वदेश फर्किएका हुन् । पछिल्ला खेलमा सन्दीप बेन्चमै सीमित भएका थिए । दिल्लीलाई ब्याटिङको आवश्यकता परेकोले आफूले सम्पूर्ण खेलमा मौका नपाएको सन्दीपले बताए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा अागामी महिना हुने प्रधानमन्त्री कप क्रिकेटमा अाफू नखेल्ने उनले जानकारी दिए । आराम गर्न र परिवारलाई समय दिनका लागि प्रधानमन्त्री कप नखेल्ने उनले बताए ।

जेठ १ देखि ७ वटा प्रदेश र ३ विभागीय टोलीको सहभागितामा प्रधानमन्त्री कप सञ्चालन हुनेछ ।

LEAVE A REPLY