Home कला/साहित्य वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे जन्माेत्सवमा ललितपुर र गोदावरीमा बिदा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे जन्माेत्सवमा ललितपुर र गोदावरीमा बिदा

201
0
SHARE

काठमाडाैं, २९ वैशाख । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्ष पुगेको अवसरमा उनको सम्मानमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।

महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ। गत वर्ष नै लमपाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो। रासस

LEAVE A REPLY