Home मुख्य समाचार छुवाछूत विरुद्ध महाकाली–मेची पदयात्रा सम्पन्न, अभियन्तालाई भव्य स्वागत

छुवाछूत विरुद्ध महाकाली–मेची पदयात्रा सम्पन्न, अभियन्तालाई भव्य स्वागत

98
0
SHARE

काठमाडौं, ३० बैशाख । ‘जातीय छुवाछूत विरुद्ध पदयात्रा अभियान २०१९’ ५४ दिन पछि सकिएको छ । महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनमा मेचीनगरको काँकरभिट्टामा सकिएको हो ।

यसैबीच आज काठमाडौं आइपुगेको महाकाली–मेची पदयात्रा अभियन्ताको टोलीलाई नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) ले भव्य स्वागत कार्यक्रमको आयोजना गर्यो । नेफ्स्कूनको कार्यालयमा आयोजित कार्यक्रममा महाकाली–मेची पदयात्रा अभियन्ताहरु समाजशास्त्री होमराज आचार्य, पत्रकार अशोक दर्नाल र सामाजिक अभियन्ता रिता परियारलाई नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकाल, लेखा समितिका सदस्य विपिन शर्मा लगायतका पदाधिकारी एवम् कर्मचारीहरु, व्यापार संघका कृष्ण अधिकारीलगायतले स्वागत तथा बधाई ज्ञापन दिनुभएको थियो । सो अवसरमा अभियन्ताहरुले ५४ दिनको अनुभव सुनाउनु भएकाे थियाे ।

LEAVE A REPLY