Home मुख्य समाचार मिडिया काउन्सिल विधेयक तुरुन्तै फिर्ता लैजाउ – बालकृष्ण खाँण

मिडिया काउन्सिल विधेयक तुरुन्तै फिर्ता लैजाउ – बालकृष्ण खाँण

135
0
SHARE

काठमाडौं, ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

संघीय संसद बैठकमा मंगलबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धी छलफलमा भाग लिँदै खाँणले भने – ‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ । तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने ।’

सरकारले गत बिहीबार सदनमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ थियो । सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ताको माग गरेको हो ।

प्रमुख सचेतक खाँणले नीति तथा कार्यक्रम पछि प्रि–बजेट छलफलको क्रम नमिलेको बताउदै सिद्धान्त र प्राथमिकतामा छलफल पहिला हुनुपर्नेमा जोड दिए । जेष्ठ नागरिकको हक, शिक्षाको हक लगायत संबिधानले सुनिस्चित गरेका अधिकार सुनिस्चित गर्न माग गरे । उनले जेष्ठ नागरिकलाई ६५ बर्ष उमेर सिमा तोक्न र उनीहरुको भत्ता बढाउन समेत माग गरे । त्यस्तै सांसद खाँणले व्यापार घाटा कम गर्न कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिन सुझाव दिए ।

LEAVE A REPLY