Home देश लालबन्दी नगरपालिकाद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

लालबन्दी नगरपालिकाद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

74
0
SHARE

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले आज वडा नम्वर १६ परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरबाट आर्थिक वर्ष २०७५-०७६ मा सम्पादन भएका योजनाका सम्वन्धमा सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागीहरुले गुनासो सुन्न र सुझाव लिन सार्वजनिक सुनुवाई गरिएकोप्रति धन्यवाद ज्ञापन गरेका छन् । सहभागीहरुले नगरपालिकाको पहलप्रति खुशी व्यक्तगर्दै आगामी दिनमा यसैगरी शिक्षा, स्वास्थ्य, पशु, कृषि लगायतको क्षेत्रलाई व्यवस्थित बनाउन प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन् । हरेक विकास निर्माणका काममा गुणस्तरीयता काम गर्न नगरपालिका सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनीहरुले आफूहरुको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन पनि आग्रह गरेका छन् । सहभागीहरुले नगरपालिकाबाट भए गरेका काम कारवाहीप्रति सन्तोष्टि व्यक्त गरेको प्रति नगरप्रमुख मानबहादुर खड्काले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नगरपालिकालाई समृद्ध बनाउन काम गर्ने बताउनुभयो । नगरपालिकाको आयोजना तथा सामुदायिक रेडियो एकताको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । लालबन्दी नगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष गणेशबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अन्य जनप्रतिनिधी, नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख लगायतले कार्यक्रममा आएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

LEAVE A REPLY