Home ताजा समाचार आज मोहिनी एकादशीव्रत, ज्येष्ठ संक्रान्ति हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ १ गते

आज मोहिनी एकादशीव्रत, ज्येष्ठ संक्रान्ति हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ १ गते

216
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको १ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको मोहिनी एकादशी तिथि प्रातः १०।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र प्रातः ६।३८ बजेसम्म रहनेछ । आज वज्र योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१७ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ ।

चन्द्रमा आज कन्या राशिमा छन् । आज मोहिनी एकादशीका साथै ज्येष्ठमहिनको संक्रान्ति पनि परेको छ । आजबाट सूूर्य वृष राशिमा संक्रमित भएका छन् । यसैगरी आजबाटै ग्रीष्म ऋतुको पनि आरम्भ भएको छ ।

आज भगवान्का मोहिनी अवतारका कथा श्रवण शुुभ रहनेछ । समुद्र मन्थपश्चात् अमृतको कलश लिएर भवगान्को मोहिनी अवतार प्रकट भएको हो । दीर्घ आयु र आरोग्यका साथै उत्तमलोक प्राप्तिको कामना राख्नेका निम्ति पनि आजको व्रत शुुभ मानिएको छ ।

यसैगरी संक्रान्तिमा स्नान, दान, जप, यज्ञादि कार्य शुुभ मानिन्छन् । आज पञ्चाङ्ग (तिथि, नक्षत्र, योग, बार र करण)को फल श्रवण गर्नाले गंगास्नान गरे बराबरको पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY