Home ताजा समाचार हिँडडुल गर्दा कस्ता कुुरामा सावधानी अपनाउनुुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

हिँडडुल गर्दा कस्ता कुुरामा सावधानी अपनाउनुुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

71
0
SHARE

विप्रयोविप्रवह्न्योश्च दम्पत्योः स्वामीभृत्ययोः ।
अन्तरेण न गन्तव्यं हलस्य वृशभस्य च ।। – चाणक्य

दुई ब्राह्मण, ब्राह्मण र आगो, दम्पति, स्वामी र नोकर, दुई साँढेका बीचबाट नहिड्नू वा बाटो नकाट्नू ।

हिँड्दा वा बाटो काट्दा विशेष ख्याल गर्नुपर्दछ । विशेषतः दुई ब्राह्मणको बीचबाट अघि नबढ्नु भनिएको छ । यसैगरी आगो र ब्राह्मणका बीच भएर पनि नहिड्नु भन्ने चाणक्यको आदेश छ । दम्पति अर्थात् पति र पत्नीका बीच दुवैलाई दायाँ वायाँ पारी बाटो काटेर पनि हिँड्नु हुँदैन भनिएको छ । यसैगरी स्वामी र नोकर अनि दुई साँढेका बीचबाट पनि बाटो काटेर हिँड्नुहुँदैन । यसरी हिँड्नुनै पर्यो भने अनुमति लिएर मात्र अघि बढ्नुपर्दछ भन्ने नीति वचन मननीय छ ।–नारायणप्रसाद निरौला –

LEAVE A REPLY