Home कला/साहित्य मिडिया काउन्सिल विधेयक विरुद्धमा साहित्यकारहरुको चर्को विरोध

मिडिया काउन्सिल विधेयक विरुद्धमा साहित्यकारहरुको चर्को विरोध

328
0
SHARE

-नारायण सापकोटा-

गाईघाट,उदयपुर । सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने उदेश्यले निर्माण गरी संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक विरुद्धमा साहित्यकारहरुले चर्को विरोध गरेका छन् । सोमबार नेपाली लेखक संघ उदयपुर शाखाको मुखपत्र प्रज्ञान तथा संघका अध्यक्ष दुर्गाप्रसाद काफ्लेको कथा संग्रह नसिबको विमोचन कार्यक्रममा प्रदेश नं.१ का साहित्यकारहरुले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खुलेर आवाज उठाएका थिए ।

वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहालले लेखक साहित्यकारहरु सधै लोकतन्त्रका पक्षमा र सरकारको विपक्षमा उभिने कुरा चर्चा गर्दै सरकार योजनावद्ध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध लागि परेको बताए । मिडिया काउन्सिल विधेयक संसदबाट पारित भएमा लोकतन्त्रको आवरण भित्र नेपालमा फेरी पनि पत्रकार मात्रै होइन लेखकहरु समेत जेल जानु पर्ने र लेखकीय स्वतन्त्रताको अन्त्य हुने दाहालको निश्कर्ष रहेको थियो । लेखक कुनै पनि वाद र सिद्धान्तको घेराभित्र नबाँदिने, आफ्नै दर्शन र विचार निर्माण गर्ने केन्द्र भएकाले सधै लेखक लोकतान्त्रिक र प्रगतिशील हुने दाहालको विचार थियो ।

बरिष्ठ साहित्यकार ददिराज सुवदीले दलीय राजनीतिबाट प्रेरित भएका लेखकहरुले स्वतन्त्र रुपमा पार्टी र सरकारको विरोध गर्ने नसक्ने कुरा बताए । लेखक राजनीति भन्दा माथी रहेको चर्चा गर्दै सुवेदीले उदयपुरका लेखहरुले एउटै मञ्चबाट सरकारको विरोध गर्ने हिम्मत गरी नयाँ सस्कृतिको विकास गरेकोमा खुसी प्रकट गरे ।

बामलोकतान्त्रिक बुद्धिजीवि तथा साहित्यकार राममणि पोखरेलले कुनै पनि नाममा सरकारले लेखकको लेखकीय स्वतन्त्रता हनन नर्गन सरकारसँग माग गरे ।

नेपाली लेखक संघका महासचिव डा. रत्नमणि नेपालले नेपाली लेखक संघको इतिहासको,वर्तमान र भावी अभियानका बारेमा चर्चा गरेका थिए । नेपाली लेखक संघका उपाध्यक्ष विवश पोखरेलले नसिब कथाको पाठकीय समीक्षा गरेका थिए । प्रगतीशील लेखक संघ उदयपुरका अध्यक्ष माधव पोखरेलले नेपाली लेखक संघ सँगै कार्य गरेर उदयपुरमा साहित्यको विकास गर्ने कुरा जोड दिए ।

नेपाली काँग्रेस उदयुरका सभापति बिदुर बस्नेतले काँग्रेस लोकतन्त्र लागि नेपालमा सधै लडिरहेको पार्टी भएकाले लेखकहरुको पक्षमा सधै रहने, स्वतन्त्रता लागि जुनसुकै मुल्य चुकाउन सक्ने देशको एकमात्र पार्टी रहेको बताए । प्रदेश साँसद हिमाल कार्कीले नेपाली लेखक संघ उदयपुरले छोटो समयमा उल्लेखनीय कार्य गरेकमा प्रसन्ता प्रकट गर्दै नेपाली लेखक संघका अभियानमा सधै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाली लेखक संघ उदयपुरका अध्यक्ष दुर्गाप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रमेशचन्द्र रोक्का, विरेन्द्र बस्नेत, महेन्द्र राई, रविन्द्रराज शाहीले मन्तव्य राखेका थिए भने कवि ज्वाला भट्टराई, देवी खत्री , सम्झना असफल, उद्व घिमिरेलगायत कविले कविता बाचन गरेका थिए ।

कार्यक्रममा काठमाण्डौबाट विराज समाजका कोषाध्यक्ष नरबहादुर कटवाल, स्थानीय शिक्षासेवी महेन्द्र चौधरी, सुमन चौधरी,पिताम्वर दाहाल,सञ्जिव दाहाल लगायत साहित्य पे्रमी, शिक्षा सेवी र राजनीति कर्मीहरुको समेत उल्लेखनीय उपस्थिती रहेको थियो ।

LEAVE A REPLY