Home ताजा समाचार टोखामा धार्मिक ज्ञान महायज्ञका साथै हरिहर मन्दिर समुद्घाटन

टोखामा धार्मिक ज्ञान महायज्ञका साथै हरिहर मन्दिर समुद्घाटन

129
0
SHARE

वैशाख ३१, काठमाडौँ । काठमाडौँको टोखामा हरिहर मन्दिर समुद्घाटन ज्ञान महायज्ञ तथा टोखा नगर धार्मिक महोत्सव चलिरहेको छ । वैदिक सनातन धर्मसंस्कृतिको संरक्षण संवद्र्धन, आध्यात्मिक चेतना अभिवृद्धिका साथै टोखा क्षेत्रको धार्मिक महिमा जगाउने उद्देश्यले आयोजित उक्त महायज्ञमा देश विदेशका भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । परमानन्द संस्कृत गुरुकुलका अध्यक्ष श्री १००८ स्वामी ज्ञाननन्द सरस्वतीज्यूको संयोजकत्वमा उक्त महायज्ञ सञ्चालन भएको हो ।

हरेक दिन नित्य श्रीमद्भावत पाठ पारायण एवं कथा प्रवचन, शिवपुराण पारायण, शतचण्डी, लक्ष गायत्री हवन, लक्ष दीप प्रज्वलन लगायतका विभिन्न यज्ञ यागादि नित्य सञ्चालन भइरहेका छन् ।

हरिहर सन्यास आश्रमको शाखा आश्रम तथा गरुकुलको शाखाका रूपमा काठमाडौँको धापासीमा हरिहर मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम समेत सम्पन्न भएको छ । यसैगरी उक्त आश्रमको समुदटन उपप्रधानमन्त्री ईश्वर पोख्रेलद्वारा सम्पन्न भएको छ ।

विश्वनाथका मूल पूजारी टेकनारायण उपाध्याय, पशुपतिनाथ मन्दिरका मूल पूजारी गणेश भट्ट, लगायताका विशिष्ट व्यक्तित्वको समुपस्थिति रहेको उक्त महायज्ञ भोलिसम्म सञ्चालन हुनेछ । भोलि अर्थात् जेठ १ गते हुने समापन समारोहमा सम्पूर्ण व्यक्तित्वलाई प्रसाद ग्रहणका निम्ति निमन्त्रणा गरिएको छ ।

LEAVE A REPLY