Home विचार सहकारीलाई सुरक्षित र दीगोरुपमा सञ्चालनकालागि के गर्ने ?

सहकारीलाई सुरक्षित र दीगोरुपमा सञ्चालनकालागि के गर्ने ?

695
0
SHARE

–सञ्जय तिमिल्सिना–

आजभोलि सहकारीका समाचारले मुलधारका र ठुला भनिएका सन्चार माध्यममा प्रशस्त स्थान पाएका छन् । राम्रो नराम्रो जेसुकै होस् स्थान पाउनु राम्रै कुरा हो । यिनलाई मात्र आधार मान्ने हो भने सहकारीले गलत मात्र गरेका छन् कि जस्तो लाग्छ । तर सहकारी अभियान भित्रका राम्रा कामहरुले मिडियामा स्थान पाउँदैनन्, न त किन यस्तो भएको छ भन्ने गहिरो अध्ययन गरेर सुधारका विकल्प नै दिइन्छ । एउटा सहकारीलाई सुरक्षित र दीगोरुपमा सञ्चालन गर्न कम्तीमा देहायका विषयमा सचेत हुनै पर्दछ ।

सदस्यहरु : देहायका विषयमा सचेत बन्नुस् त्यस्तो छ भने संस्था गलत बाटोमा हिड्न खोज्दैछ ।
१. सदस्य नबनाइ कारोबार गरेको,
२. बजारमा चलेको दरभन्दा अस्वभाविक उच्च दरको व्याज दिने गरेको,
३. साधारणसभाको सूचना र प्रतिवेदन उपलब्ध नगराएको । कार्यक्षेत्र भन्दा फरक स्थानमा साधारणसभा गर्ने गरेको,
४. नियमित साधारणसभा पौष मसान्त भित्र (सकेसम्म आर्थिक वर्ष सुरु भएको छोटो समयमा) नगरेको,
५. संचालक र मुख्य कर्मचारी एकै परिवारका व्यक्तिमा केन्द्रित भएको,
६. बचत संकलन गरेको रकम ऋण लगानी र बाहेक अन्य लगानी (घरजग्गा, उद्योग वा अन्य कम्पनीको शेयर खरीद) गरेको भएमा,
७. अनुत्पादक क्षेत्र र एकै व्यक्तिमा ठूलो हिस्सा ऋण लगानी गरेको भएमा,
८. यि माथिका विषयमा विशेष चासो राख्नुहोस्, आफ्नो पैसाको कहाँ परिचालन भएको छ ? सुरक्षाको प्रत्याभूति कसरी गरिएको छ ? भनेर संचालकलाई प्रश्न गर्नुस्, चित्तबुझ्दो जवाफ नपाएमा आफ्नो पैसा अन्यत्र सुरक्षित गर्नुस् ।

सञ्चालक :
१. कार्यक्षेत्र भित्रका स्थायी बासिन्दा सदस्यको संख्या न्यून छ,
२. एकै पेशा (पेशागत बाहेक), व्यवसाय र उमेर समुहका सदस्यको बाहुल्यता छ,
३. नियमित मासिक बचत न्यून छ वा छँदैन,
४. साधारणसभामा उपस्तिथि न्यून छ,
५. भाखा नाघेको ऋण उच्च छ,
६. संस्थागत पुँजीको दर घट्दो छ ।
७. वित्तीय विश्लेषणको बारेमा जानकारी छैन,
८. नियमित बैठकमा वित्तीय प्रतिवेदन (बचत तथा ऋणको कारोबार गर्ने संस्थामा) विश्लेषण गरिएको छैन,
९. नियमितरुपमा आन्तरिक लेखापरिक्षण भएको छैन,
१०. माथिका अवस्था भएमा संस्था एकीकरणमा जानू पर्दछ ।

संघहरु :
१. नियमित प्रतिवेदन पेश नगरेको,
२. नियमानुसार नविकरण गर्नुपर्ने भएमा नगरेको,
३. तालीम, शिक्षा र अन्य सिकाई अभ्यासमा सरिक नभएको,
४. अनुगमनको लागि समय र सूचना नदिएको,
५. संघका कार्यक्रमहरुमा प्रतिनिधित्व नगरेको,
६. माथिका अवस्था देखिएमा अनुगमन बढाउने, सञ्चालक र व्यवस्थापकसँग अन्तरक्रिया गरी सुधारको सुझाव दिने,
७. निरन्तर सुधार नदेखिएमा एकीकरणको लागि सहजिकरण गर्ने,
८. सो समेत नभएमा नियमनकारी निकायलाई अवस्था जानकारी गराउने,

(उल्लेखित धारणा सहकारी क्षेत्रमा कार्यगर्दा प्राप्त अनुभवका आधारमा तयार गरिएका तिमिल्सिनाका निजी धारणा हुन् ।)

याे सामग्री सञ्जय तिमिल्सिनाकाे फेसबुकबाट लिएका हाैं ।

LEAVE A REPLY