Home ताजा समाचार रमेशको ‘सुपर ग्लू’ मार्फत नीता ढुंगानाको कमब्याक

रमेशको ‘सुपर ग्लू’ मार्फत नीता ढुंगानाको कमब्याक

190
0
SHARE

काठमाडौं, १ जेठ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङका शब्दमा आधारित बिल्कुलै नया“ गीत ‘सुपर ग्लू’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक रमेश श्रेष्ठ मेलोडीको स्वरको उक्त गीतलाई गायक श्रेष्ठले नै संगीतबद्ध गरेका हुन् । गीतमा प्रतिक अधिकारी (अजात) ले र्याप हानेका छन् । गीतलाई मानषी किरणले संगीत संयोजन गरेका हुन् भने अशोक महर्जनले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

नृत्यपरक उक्त गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् । बासु न्यौपानेद्वारा छायांकन गरिएको उक्त भिडियोमार्फत अभिनेत्री नीता ढुंगाना लामो समयपछि दर्शकमाझ आएकी छिन् । भिडियोमा अभिनेत्री ढुंगानाको नृत्य कौशल देख्न सकिन्छ ।

भिडियोलाई अभिनेत्री ढुंगानालाई नविन राई तथा विशाल लामाले साथ दिएका छन् । भावसागर इन्टरटेन्मेन्ट एलएलसीको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

यस्तो छ सुपर ग्लूको म्युजिक भिडियो

 

LEAVE A REPLY