Home मुख्य समाचार सरकारलाई दुईतिहाइको दम्भ नदेखाउन माधव नेपालकाे आग्रह

सरकारलाई दुईतिहाइको दम्भ नदेखाउन माधव नेपालकाे आग्रह

80
0
SHARE

काठमाडाैं, १ जेठ । सरकारप्रति सुरुदेखि नै रुष्ढट बन्दै आएका पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई दुईतिहाईको दम्भ नदेखाउन आग्रह गरेका छन् ।

अझै धेरै जनताको विश्वास जित्न बाँकी रहेको भन्दै उनले दम्भ नदेखाउन आग्रह गरेका हुन् ।

बुधबार राजधानीमा युवा संघ नेपालको २९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेता नेपालले नेकपाले ५५ प्रतिशत जनताको मत मात्रै पाएको बताउँदै दुईतिहाइको दम्भ नदेखाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ ।’ अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउने उनको चेतावनी थियो ।

नेताको व्यवहारले नै मान्छेको मन जित्ने बताउँदै नेता नेपालले युवा नेताहरुलाई सचेत गराए । कम्युनिस्ट नेताको आचरण र व्यवहार परीक्षणमा रहेको नेपालको भनाइ थियो ।

LEAVE A REPLY