Home मुख्य समाचार अख्तियारका पूर्वआयुक्त पाठक धरौटीमा रिहा

अख्तियारका पूर्वआयुक्त पाठक धरौटीमा रिहा

76
0
SHARE

काठमाडाैं, १ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक धरौटीमा छुटेका छन् । भ्रष्टाचारको मुद्दामा थुनामा परेका पाठकसँग अख्तियारले ७८ लाख धरौती माग गरेको थियो ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद समाधान गरिदिन्छु भन्दै ७८ लाख घुस लिएको आरोप लागेका पाठकसँग विशेष अदालत काठमाडौंले सोहीबराबर रकम धरौटी माग गरेको थियो ।

उनले घुस माग्दै गरेको विभिन्न भिडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । मंगलबार अकस्मात् विशेष अदालत पुगेका पाठकको बयान लिएर मंगलबार नै थुनछेक बहस भएको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, द्वारिकामान जोशी तथा प्रमोदकुमार श्रेष्ठको इजलासले पाठकका वकिलले धरौटीमा रिहा गर्न माग गरेकाले पाठकलाई धरौटीमा छोड्ने फैसला गरेका हुन् ।

सोही मुद्दामा जोडिएका लम्बोदर न्यौपाने भने फरार छन् ।

LEAVE A REPLY