Home मुख्य समाचार आज गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा महिमासहित हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ ४...

आज गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा महिमासहित हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ ४ गते

286
0
SHARE
Buddha Statue

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको ४ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको पूर्णिमा तिथि राति २।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । विशाखा नक्षत्र राति २।५५ बजेसम्म रहनेछ । आज वरियन योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१६ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज २५६३ औँ गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमााका साथै पूर्णिमा व्रत पनि परेको छ ।
वैशाख पूर्णिमाका दिन गौतमबुद्धको जन्म र यसैदिन महापरिनिर्वाण पनि प्राप्तको थियो । लुुम्बिनीको तिलौराकोटमा आजभन्दा पच्च्सिसयवर्ष अगाडि जन्मनुुभएका गौतमबुद्धका अहिंसा र शान्ति सम्बन्धी उपदेश आज पनि अनुकरणीय रहेका छन् । बुद्धग्रन्थअनुसार गौतम बुद्ध समेत २८ वटा बुद्ध भइसकेका छन् । जसमध्ये दीपङ्कर बुद्धदेखि गौतम बुद्धसम्म पच्चीस बुद्ध भएको प्रमाण त्रिपिटकमा उल्लेख गरिएको छ । बौद्ध ग्रन्थ अनुसार तण्हङ्कर, मेघङ्कर, सरणङ्कर, दीपङ्कर, कौणञ्जबुद्ध, मंगलबुद्ध, सुमनबुद्ध, रेवतबुद्ध, सोभितबुद्ध, अनोखदस्मिबुद्ध, पदुमबुद्ध, नारदबुद्ध, पदुमुत्तरबुद्ध, सुमेधबुद्ध, सुजातबुद्ध, प्रियदस्मिबुद्ध, अत्थस्मिबुद्ध, धम्मस्मिबुद्ध, सिद्धवर्थ, तिथस्स, फुस्सबुद्ध, विपस्सीबुद्ध, सिखीबुद्ध, बेस्सम्भू, ककुच्छन्द, कनकमुनि, काश्यप र गौतमबुद्ध रहेका छन् । बौद्ध दर्शनका अनेक सम्प्रदाय र शाखा छन् । सर्वास्तिवादिका मुख्य आचार्यहरू चार छन् ः वसुमित्र, असंग, वसुबन्धु र अश्वघोष । अश्वघोषले बुद्धधर्मलाई सावकयान, प्रत्येकयान र महायान गरी तिनभागमा बाडेको पाइन्छ । महायानबाट वज्रयान तथा तन्त्रमन्त्र आदिको विककास भएको हो । तमिलनाडूका नागार्जुनले माध्यमिक शून्यवादको प्रतिपादन गरेका हुन् ।

बुद्ध धर्मको मुख्य ग्रन्थलाई त्रिपिटक भनिन्छ । यसअन्तर्गत विनय पिटक, सुत्तपिटक र अभिधम्म पिटक पर्दछन् । मायावादी हुनाले बौद्धहरूले ईश्वर मान्दैनन् । महाभारत वाल्मीकि रामायणभन्दा अघि शाक्यसिंह बुद्ध भइसकेका थिए । शाक्यसिंह बुद्धभन्दा धेरै अघिबाट कल्पभेदले अनेक बुद्धले जन्म लिएका थिए । बौद्धदर्शन बुद्धले चलाएको धर्म वा क्रियाकलाप हो । यसको वर्णन पद्मपुराण, स्कन्दपुराण, कल्कीपुराण तथा बौद्धग्रन्थहरूमा विशेष पाइन्छ । जसका चार भेद रहेका छन् ः वैभाषिक, स्रौत्रान्तिक, योगाचा र माध्यमिक । सौत्रान्तिक वाहिरी पदार्थको अनुमानद्वारा सत्य मानिने सिद्धान्त हो । योगाचार अर्थात् विज्ञानवादले चित्तलाई एकमात्र सत्य मान्दछ । माध्यमिक भेद भनेको शून्यवाद हो । जसले सम्पूर्ण वस्तुलाई शून्य मान्दछ । यसैगरी बौद्धमतलाई शून्यवाद, क्षणभंगुरवाद तथा क्षणिकवाद पनि भनिन्छ । यिनीहरू प्रत्यक्ष र अनुमानलाई प्रमाण मान्दछन् । सारा संसार दुःखमय छ भन्ने धारणा बौद्धमार्गीमा रहेको हुन्छ । त्यसको बोध गरी संसारबाट तर्नुलाई नै बौद्धमार्गीहरू पुरुषथार्थ मान्दछन् ।
यसैगरी आज किराँत समुदायको चण्डी पूर्णिमा पनि आज परेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY