Home देश न्यूजिलायण्डमा पहिलो नेपाली लोकार्पण

न्यूजिलायण्डमा पहिलो नेपाली लोकार्पण

81
0
SHARE

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० वर्ष प्रवेशको अवसरमा ललितपुर महानगरपालिकाले आयोजन गरेको विशाल नागरिक अभिनन्दन कार्यक्रममा उहाँको नियात्रासङ्ग्रह कृति ‘न्यूजिलायण्डमा पहिलो नेपाली’ लोकार्पण गरिएको छ । कृतिमा आजभन्दा ६६ वर्षअघि वि सं २०१० जेठमा  जोशी तथ्याङ्क सम्बन्धी अध्ययन गर्न न्यूजिल्याण्ड पुगेर त्यहाँ चार महिना बस्ताका अनेकै अनुभव समेटिएका छन् । न्यूजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे सेर्पाले सगरमाथा आरोहण गरेको हप्ता दिन नपुग्दै  जोशी त्यस देशमा पुगेका हुँदा न्यूजिल्याण्डवासीहरूले खुसियाली मनाइरहेको बेलामा आफूले पनि नेपालीका नाताले त्यहाँ ठूलो सम्मान पाएको कुराको वर्णन छ ।  जोशीn न्यूजिल्याण्ड पुग्नेपहिलो नेपाली हुनुहुन्छ।

उक्त कृतिमा लेखकले हवाइजहाजबाट भूमध्यरेखा पार गर्दा क्याप्टेनले बिमानभित्रै दिएको त्यससम्बन्धी प्रमाणपत्र, न्युजिल्याण्डमा पहिलो नेपाली हुनुको कीर्तिमान, भेटघाट, अन्तर्वार्ता, एडमण्ड हिलारीको गाउँ सहर, त्यहाँको प्रतिनिधिसभामा अतिथिका रूपमा अवलोकन, चिडियाघर भ्रमण, तातोपानीको पोखरी र फोहोरा भ्रमण गरेका कुराहरू अत्यन्त रोचक पारामा प्रस्तुत गर्नुभएको छ । न्यूजिल्याण्डको तथ्याङ्क कार्यालयमा नै बसेर तालीम लिनु भएका श्री जोशीले त्यहाँका सरकारी कार्यालय र कार्यपद्धति, सामाजिक सुरक्षा भत्ता, महङ्गी नियन्त्रण, तलब बृद्धि जस्ता विषयमा अनेकै तथ्यगत सूचनाहरू मीठो साहित्य बनाएर प्रस्तुत गर्नु भएको छ ।

२०४९ सालमा पहिलो पटक प्रकाशित सो कृतिको दोस्रो संस्करण २०६४ सालमा प्रकाशित भएको थियो । हाल उक्त कृतिको अत्यधिक माग भएकाले तेस्रो संस्करण प्रकाशित भएको हो । ललितपुरमा जोशीलाई रथारोहण गराई नगरपरिक्रमा गरी सम्पन्न भव्य कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले कृतिको लोकार्पण गर्नुभएको थियो । उत्कृष्ट प्रकाशनद्वारा प्रकाशित सो यात्रासंस्मरण कृतिको बिक्रीवितरण हेरिटेज बुक्सले गरेको छ । पुस्तक काठमाडाको बजारमा उपलब्ध भइसकेको र चाँडै नै नेपालभरि उपलब्ध हुने कुरा उत्कृष्ट प्रकाशनका प्रबन्ध निर्देशक  हेमप्रसाद मास्केले जानकारी गराउनुभएको छ ।

LEAVE A REPLY