Home देश स्थानीयवासीले अवरोध गरेपछि धरहरा पुनर्निर्माणको काम राेकियाे

स्थानीयवासीले अवरोध गरेपछि धरहरा पुनर्निर्माणको काम राेकियाे

254
0
SHARE

कठमाडौं, ३ जेठ । धरहराको पुनर्निर्माणमा स्थानीयवासीले अवरोध गरेका छन् । स्थानीयवासीले अवरोध गरेपछि धरहरा पुनर्निर्माणको काम राेकिएकाे छ । पैदलमार्ग खुलाउन माग गर्दै स्थानीयवासीले शुक्रबार बिहानबाट अवरुद्ध गरेका हुन् ।

धरहराको पुनर्निर्माणकाे करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ । स्थानीयले विगत ६ महिनादेखि पैदलमार्ग खुलाउन धरहरा निर्माण समितिसँग माग गरे पनि समितिले सो माग पूरा गरेको छैन ।

समितिले स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

समितिले धरहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको जनाएको छ ।

LEAVE A REPLY