Home मुख्य समाचार प्रचण्डलाई कांग्रेस प्रवक्ताकाे प्रश्न : सत्य जोबाट थाहा लाग्थ्यो, तिनै अमर लामा किन...

प्रचण्डलाई कांग्रेस प्रवक्ताकाे प्रश्न : सत्य जोबाट थाहा लाग्थ्यो, तिनै अमर लामा किन मारिए ?

161
0
SHARE

काठमाडाैं, ३ जेठ । २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपाले मुलुकभर विभिन्न कार्यक्रम गरिरहेको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झनामा हुने गरेका हरेक कार्यक्रममा नेकपाका नेताहरुले हत्यारा पत्ता लगाइछाड्ने प्रतिबद्धता दाेहाेर्याइरहन्छन् ।

मदनपत्नी विद्या भण्डारी अहिले राष्ट्रपतिकाे जिम्मेवारीमा छिन् । अरुकाे विश्वास नलागे पनि राष्ट्रपतिले मदन भण्डारीकाे निधनका सम्बन्धमा छानविन गर्न दबाब देलिन् भन्नेमा धेरैले अाशा गरिरहेका छन् ।

शुक्रबार नेकपाकाे अायाेजनामा राजधानीमा पनि विभिन्न कार्यक्रम भए । बल्खुमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएर मदन-आश्रितको शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले मदनका विचारलाई हुबहु दोहोर्‍याउने भन्दा विकसित गर्न लाग्नुपर्ने बताए । त्यसैगरी, अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पनि केही तत्त्वले नेपाली समाज विखण्डन गर्न लागेको अाराेप लगाए ।

भणडारीकै सम्झनामा कोटेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा पुगेका थिए । साे कार्यक्रममा उनले मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू भइसकेकाे बयान दिए । उनकाे बयानमा कति सत्यता छ त्याे बिस्तारै थाहा लाग्ला ।

नेकपाका नेताहरुले मदन-आश्रितलाइ सम्झरहँदा नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने गम्भीर प्रश्न उठाएका छन् । उनले प्रचण्डलाई प्रश्न गर्दै ‘सत्य जोबाट थाहा लाग्थ्यो तिनै अमर लामा किन मारिए ? भनेर साेधेका छन् ।

उनले ट्विटरमा लेखेका छन् :
तत्कालीन एमालेको ठहर थियो `षड्यन्त्र´का मतियार हुन् अमर लामा, उनलाई सबै थाहा छ l तर ती `सुत्र´ भनिएका लामालाई  गोलीले उडायो माओवादीले l एमाले-माओवादी एक भएपछि जरुरी छैन र यो छलफल कि `सत्य´ जो बाट थाहा लाग्थ्यो ती अमर लामा किन मारिए ?

LEAVE A REPLY