Home देश ज्योतिष विभागका प्राध्यापककाे सम्मान एवं बिदाइ सम्पन्न

ज्योतिष विभागका प्राध्यापककाे सम्मान एवं बिदाइ सम्पन्न

342
0
SHARE

जेठ ६, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठको ज्योतिष विभागले आज प्राध्यापकहरूलाई सम्मान एवं विदाइ कार्यक्रम सम्पन्न गरेको छ । ज्योतिष विभागमा रही लामो समयसम्म सेवा गर्नुभएका प्रा. नारायणराज दाहाल र सहप्राध्यापक टीकाराम घिमरे सम्मानित हुनुभएको हो । वहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेसंवि अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशीनाथ न्यौपाने, विद्यापीठका प्राचार्य डा. गणेश घिमिरे, ज्योतिष विभागका विभागाध्यक्ष प्रा डा. ऋषिरामा पौडेल लगायतले दोसल्ला, पुष्पमाला एवं सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो । यसैगरी प्राध्यापक रामप्रसाद अधिकारीले सम्मानित व्यक्तित्वलाई जीवनोपयोगी पुस्तक प्रदान गरी सम्मान व्यक्त गर्नुभयो ।


प्रमुख अतिथिको मन्तव्य राख्दै नेसंवि अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशीनाथ न्यौपानेले वेदको मुख्य अंगका रूपमा ज्योतिषशास्त्र रहेको र यस्तो विषयका प्राध्यापकलाई सम्मान गर्नु प्रशंसायोग्य कार्य भएकोे धारणा व्यक्त गर्नुभयो । यसैगरी नेसंवि प्राध्यापक संघका सभापति सहप्रा. शम्भु गौतमले सम्मानित गुरुहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिको मन्तव्य राख्दै वाल्मीकि विद्यापीठका प्राचार्य डा. गणेश घिमिरेले सेवानिवृत्त गुरुहरूको सुदीर्घ सुखद् भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेसंवि प्राध्यापक संघ वाल्मीकि विद्यापी एकाईका सभापति प्रा.डा. देवमणि भट्टराईले एकाइले पनि यस्ता सम्मान कार्यक्रम आयोजना गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रा.डा. धनेश्वर नेपालले गुरुहरूको सेवानिवृत्त जीवन सुखद् एवं सृजनशील रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

सम्मानित प्राध्यापकहरूका बारेमा उपप्रा पुरुषोत्तम भट्टराई र उपप्रा. हरि पौडेलले प्रकाश पार्नुभएको थियो । सम्मानित हुनुभएका प्रा. नारायणराज दाहालले अवको जीवन आध्यात्किमक आराधना व्यतित गर्ने बताउनु भयो । यसैगरी सह प्रा. टीकाराम घिमरेले आफूहरूलाई सम्मान गरेकोमा ज्योतिष विभागलाई हार्दिक धन्यवाद दिनुभयो ।

ज्योतिष विभागका उपप्रा. नारायणप्रसाद निरौला र उपप्रा. नेत्रप्रसाद दाहालको वैदिक मंगलाचरण (स्वस्तिवाचन)सँगै शुरु भएको कार्यक्रममा सहप्रा. डा. माधव पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सभापतिको मन्तव्य राख्दै प्रा.डा. ऋषिराम शर्मा पौडेलले गुरुहरूको सेवानिवृत्त जीवन सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उपप्रा. लक्ष्मी बरालले उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । ज्योतिष विभागका सहप्रा. मुरलीधर दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यापीठका प्राध्यापक, विद्यार्थी एवं कर्मचारीको उल्लेख्या सहभागिता रहेको थियो ।

LEAVE A REPLY