Home देश ४१औँ दिनमा सगरमाथा आरोहण

४१औँ दिनमा सगरमाथा आरोहण

130
0
SHARE

दमौली, ८ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गर्नुभएको छ । विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गर्नुभएको हो ।

आइल्याण्ड हिमाल चढिसक्नुभएका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण सगरमाथा चढ्न सफलता मिलेको बताउनुभयो ।

सगरमाथा चढ्ने आफ्नो १२ वर्ष अगाडिदेखिको तयारी रहेको भन्दै उहाँले भन्नुभयो, “आइल्याण्ड हिमालबाट सगरमाथा देख्दा एक दिन त अवश्य आरोहण गर्छु भन्ने भित्रैदेखि लागेको थियो ।” हिउँमा चिप्लने खेल, जलविहारलगायतका साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो २०० पहाड चढिसक्नुभएको छ ।
रासस

LEAVE A REPLY