Home ताजा समाचार भाजपा एक्लै बहुमत उन्मुख, मोदी पुनः प्रधानमन्त्री हुने

भाजपा एक्लै बहुमत उन्मुख, मोदी पुनः प्रधानमन्त्री हुने

139
0
SHARE

जेठ ९, काठमाडौं । भारतमा जारी चुनावको परिणमबाट भाजपा बहुमत उन्मुख भएको छ । यससँगै नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने बाटो खुल्न लागेको हाे । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि रहेको छ ।

मतगणना जारी छ । यसै सन्दर्भमा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् । यसैगरी भाजपाका कार्यकर्तामा पनि खुशीको लहर छाएको छ ।
कंग्रेस अध्यक्ष राहुल गान्धीले भने यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छन् ।

लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।

LEAVE A REPLY