Home मुख्य समाचार हार स्विकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई

हार स्विकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई

229
0
SHARE

काठमाडौं, ९ जेठ । भारतीय लोक सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले बहुमत ल्याउने निश्चित देखिएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् ।

गान्धीले हार स्विकार्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताएका हुन् ।

उनले पार्टीका नेता र कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै विचारधाराको लडाइँ जारी रहेको बताएका छन् ।

अमेठीमा भएको निर्वाचनमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृति इरानीसँग राहुल पराजित भएका छन् ।

अर्को क्षेत्रबाट भने उनले चुनाव जितेका छन् । स्मृति इरानीसँग पराजित राहुलले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताएका छन्ु ।

LEAVE A REPLY