Home मुख्य समाचार राहुल गान्धीेको राजीनामा प्रस्ताव अस्वीकृत

राहुल गान्धीेको राजीनामा प्रस्ताव अस्वीकृत

113
0
SHARE

काठमाडौं, ११ जेठ । भारतको लोकसभा चुनावमा आफ्नो पार्टीले व्यहोरेको लज्जास्पद हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राखेको राजीनामाको प्रस्ताव अस्वीकृत भएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिले त्यसलाई अस्वीकार गरेको हो ।

‘कांग्रेस अध्यक्षले राजीनामाको प्रस्ताव राख्नुभयो, तर कार्यसमितिले एक स्वरले खारेज गरेको छ,’ कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालालले भनेका छन्,’ ‘किनकि अहिले उहाँको नेतृत्व आवश्यक छ ।’

सोनिया गान्धीसहित वरिष्ठ नेता सम्मिलत बैठकले चुनावी नतिजालाई स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता सुरजेवालाले बताए ।

LEAVE A REPLY