Home देश नयाँ ढंगबाट धनकुटा नगरको विकास र समृद्धीमा कांग्रेस

नयाँ ढंगबाट धनकुटा नगरको विकास र समृद्धीमा कांग्रेस

119
0
SHARE

-विजय राई-

धनकुटा । नया ढंगबाट धनकुटाको नगरको विकास र समृद्धीमा नेपाली कांग्रेस सशक्त ढंगले क्रियाशिल भैरहेको हिजाे धनकुटामा आयोजना गरिएको नेपाली कांग्रेस धनकुटा नगर सम्मेलनमा कांग्रेसजनहरुले बताएका छन ।उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले धनकुटाको विकास र समृद्धी गर्ने नेपाली कांग्रेससंग नया निति तथा कार्यक्रम रहेको वताए ।

नेपाली कांग्रेस धनकुटा नगरका सभापति रोशन श्रेष्ठको अध्यक्षतामा समम्पन्न भएको नगर सम्मेलनमा १ नम्वर प्रदेश सभाका सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाली काग्रेस धनकुटा नगर वडा नं. ६का सभापति दोधराज बास्तोला लगायतले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागी नेतृत्व गरेको नेपाली कांग्रेसले अव मुुलुकलाई समृद्धी बनाउने आर्थिक कान्तिको समेत नेतृत्व गर्ने वताउनु भयो । उहाले अव धनकुटाको विकास पुरानो ढंगबाट संभव नहुने भएकाले नया ढंगबाट गर्नु पर्नेमा जोड दिएका छन् ।

धनकुटा नगर कार्यसमितिका सचिव माधव भण्डारीले संचालन गरेकाे  नगर सम्मेलनमा स्वागत मन्तव्य नगरकार्य समितिका सदस्य भैरव पाचकोटीले गर्नु भएको थियो । धनकुटा नगर सम्मेलनमा नगरमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण र धनकुटा नगरको विकास र समृद्धीको लागी समेत छलफल भएको नेपाली कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठले वताए ।राष्टिय जनजागरण अभियान अन्र्तगत धनकुटा नगरपालिकाका खटाइएका प्रतिधिनिहरुले प्रतिवेदन प्रस्तुत गरी केन्द्रिय प्रतिनिधि,जिल्ला सभापति र नगर सभापतिलाई बुझाउने कार्यक्रम जेष्ठ २० गते नेपाली कांग्रेस धनकुटको पार्टी कार्यालयमा हुने पार्टी सचिव विजय सन्तोषी राईले वताए ।

LEAVE A REPLY