Home ताजा समाचार आज सोमबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६...

आज सोमबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ १३ गते

234
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको १३ गते सोमबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि बिहान १०।३ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र दिवा ३।२६ बजेसम्म रहनेछ । आज वैधृति योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१२ मा छ भने सूर्यास्त बेलुका ६।५१ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY