Home मुख्य समाचार प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न सुझाब

प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न सुझाब

81
0
SHARE

काठमाडौं, १२ जेठ– विभिन्न पार्टीका सांसद एवं विज्ञले प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न सुझाब दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा. प्रदीप मैनाली लगायतले यस्तो सुझाब दिएका हुन् ।

गत साता सांसद खड्काले प्रदेश सभामा सोसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशंकर हुने उनीहरूकाे सुझाब दिएका हुन् ।

काठमाडौंका प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले हिमालैहिमाल भएको प्रदेशमा हिमालबाटै नामाकरण हुनु उपयुक्त भएको बताए । प्रस्तावक सांसद विशाल खड्काले गौरीशंकर नामाकरण गर्नुपर्ने आधार र कारण राखे ।

त्यस्तै, विज्ञ डा. मैनालीले गौरीशंकरको महिमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको उल्लेख गर्दै पर्वत शृंखलाबाटै नामाकरण गर्नु उचित हुने बताए ।

LEAVE A REPLY