Home पर्यटन ‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार

‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार

240
0
SHARE

काठमाडौँ, १४ जेठ । नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो ।

होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले जानकारी दिनुभयो । “नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न यस्ता सम्मेलनले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

यस्तै, सम्मेलनमा नेपालको तर्फबाट भने विभिन्न पर्यटन क्षेत्रमा काम गर्ने २५० प्रतिनिधिको सहभागिता रहने नाट्टाले जनाएको छ । सम्मेलनमा नेपालका विभिन्न हिमालका १२० भन्दा बढी तस्वीर प्रदर्शनमा राखिनुका साथै नेपालका विभिन्न पर्यटन संस्थाले नेपालको हिमालबारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । (रासस)

LEAVE A REPLY