Home खेल नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाललाई नियुक्त

नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाललाई नियुक्त

569
0
SHARE

काठमाडौ, १७ जेठ । नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाललाई नियुक्त भएका छन् । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)मार्फत पटवाललाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

पटवाल र राखेपबीच सम्झौतामा हस्ताक्षर भएको छ । पटवाललाई मासिक ७ हजार डलर पारिश्रमिक दिने गरी करार गर्न लागिएको र सो रकम आइसिसीले नै दिने स्रोतको दाबी छ ।

पटवाल सन् २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए । त्यसअघि उनी सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी थिए ।

गत माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज खेल्दा ४६ वर्षका पटवालले ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी निभाएक थिए । २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगितामा पनि उनी ब्याटिङ कन्सल्ट्यान्टका रूपमा थिए । उनलाई आइसिसीले ब्याटिङ कन्सल्ट्यान्टका रूपमा पठाएको थियो ।

पटवालले पहिलो पोखरा प्रिमियर लिग (पिपिएल)मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । त्यसअघि उनले एभरेस्ट प्रिमियर लिग (इपिएल)मा टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

LEAVE A REPLY