Home ताजा समाचार अनलाइन पत्रकार संघमा सर्वसम्मत कार्य समिति चयन

अनलाइन पत्रकार संघमा सर्वसम्मत कार्य समिति चयन

96
0
SHARE

काठमाडौं । अनलाइन पत्रकार संघको दशौं वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको साधारण सभाले शिवप्रसाद सत्याललाई अध्यक्षमा पुनःचयन गरेको हो । अध्यक्ष सत्याल शिलापत्रमा आवद्ध छन् ।

त्यसैगरी संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल, सचिवमा अर्थ बजार डट कमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुरा डटकमका गोविन्द अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भएका छन्। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने जनाइएको छ ।

LEAVE A REPLY